तराईका केही ठाउँमा हावाहुरी, पहाडमा चट्याङसहित वर्षा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.

  • आज देशभर मौसम बदली भएको छ र विभिन्न प्रदेशहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
  • पश्चिमी वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम खराब भएको छ।
  • मौसमको यस परिवर्तनले देशका पहाडी र तराईका भू-भागहरूमा हावाहुरी र चट्याङसहितको वर्षाको सम्भावना रहेको छ।

४ जेठ, काठमाडौं । हाल देशभर मौसम बदली भएको छ । पश्चिमी वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण मौसम खराब छ ।

frontline

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।

आज मधेश प्रदेशलगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ ।

मौसम पूर्वानुमान

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here