तनहुँ घिरिङद्वारा २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक

श्रोत : ईन्टरनेट

तनहुँ । घिरिङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको नवौ अधिवेशनमा गाउँपालिका अध्यक्ष रनबहादुर रानाले कृषी र स्वास्थ्यलाई बढी प्राथमिकता दिएको निती तथा कार्यक्रम प्रस्तुत गरे ।

कृषी तथा पशपुंक्ष्ी पालनलाई व्यवसायिकतातर्फ उन्मखु गराउने गाउँपालिकाले निती लिएको छ । ‘कृषी र पशुपंक्षी उत्पादनलाई वृद्धी गर्नका लागी कृषी क्षेत्रको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, रणनीति तथा योजना तर्जुमा गरी कार्यन्वयन गरिनेछ’, निती तथा कार्यक्रममा भनिएको छ ।

frontline

कोभिड–१९ का कारण रोजगारी गुमाएर घर फर्किएकाको लागत संकलन गरी कृषीमा सामुहिक व्यवसाय गर्न चाहानेलाई तालिम, प्रविधी र सहुलियत ऋणका लागी वित्तिय संस्थासंग पहल गर्ने निती लिएको अध्यक्ष रानाको भनाई छ ।

दधु, माछा, मासु, अण्डा, सुन्तला, केरा, कागती, कफी, अदुवा, अलैची, आलु, लसनु, प्याज उत्पादन वृद्धी कार्यक्रमलाई गाउँपालिकाले जोड दिएको छ । अध्यक्ष रानाका अनुसार गाउँपालिकाका मुख्य स्थानमा कृषी हाट बजारको व्यवस्थापन गरिनेछ । एक गाउँ एक उत्पादन कृषी कार्यक्रमलाई अगाडी बढाईनेछ ।

उत्पादन प्रतिफलको आधारमा अनुदान, कृषीयोग्य जमिन बाँझो नराख्न प्रोत्साहन, कृषीयोग्य जमिनमा सहकारीताको आधारमा चक्लाबन्दी खेतीलाई प्रोत्साहन, कृषी यान्त्रिकीकरण, मल, बीउ, प्रविधी, प्रशोधन एवम भण्डारणका लागी अनुदानको व्यवस्था गर्ने नितीमा समेटिएको छ ।

निःशुल्क स्वास्थ्य सेवा

गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ । नेपालको संविधानमै हरेक नेपालीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रवाह गर्ने उल्लेख भएकाले त्यसैलाई आत्मसाथ गर्दै गाउँपालिकाले कार्यान्वयन गर्ने निती तथा कार्यक्रममा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारको प्रयोग गरी स्थानीय स्वास्थ्य सेवा ऐन, स्थानीय स्वास्थ्य सेवा नियमावली र स्थानीय स्वास्थ्य नीतिसमेत निर्माण गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवाको कार्य अगाडी बढाईने गाउँपालिका अध्यक्ष रानाले जानकारी दिए ।

१० शैय्याको कोभिड अस्थायी अस्पताललाई २० शैय्याको बनाउने गाउँपालिकाले लक्ष्य लिएको छ । ‘हरेक नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै स्वास्थ्य संस्थाको पहुँच नभएका स्थानमा घुम्ती शिविर सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिनेछ’ निती तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने ।

प्रत्येक स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर बर्षमा एक पटक गर्ने कार्यक्रम घिरिङले ल्याएको छ । यसका लागी आवश्यक बजेट विनियोजन गरिने गाउँपालिका अध्यक्ष रानाले जानकारी दिए ।

स्वास्थ्यकर्मीको मनोबल बढाएर सुत्केरी सेवालाई थप प्रभावकारी गराउन प्रति सुत्केरी स्वास्थ्यकर्मीलाई ५ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराईनेछ । सुत्केरी दुर्घटनामा परी घाइते भएका र ७५ बर्ष पुगेका विरामीलाई अस्पतालसम्म पु¥याउन निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने गाउँपालिकाको नितीमा उल्लेख छ ।

खोला थुनेर ताल !

गाउँपालिकाको वडा नम्बर ३ मा गोफा खोलालाई थुनेर घुमाउने ताल बनाउने काम जारी छ । आगामी बर्ष पनि यो ताल निर्माणलाई निरन्तरता दिदै अर्को नयाँ कृत्रिम ताल निर्माणको सम्भाव्यता अध्ययन गर्ने गाउँपालिकाको नितीमा समेटिएको छ ।

वडा नम्बर ३ मै ताले ताल निर्माणका लागी सम्भाव्यता अध्ययन गर्ने नितीमा उल्लेख गरिएको छ । अग्ला डाँडाकाडामा कंक्रिटका भ्युटावर बनाउने योजनालाई घिरिङले निरन्तरता दिएको छ ।

पर्यटनको गतिविधी बढाउन कालीगण्डकीमा ¥याफटिङका लागी पहल थाल्ने गाउँपालिकाले जनाएको छ । वडा नम्बर ४ गड्यौलीटारमा संघिय सरकारले निर्माण गर्ने औद्योगिक ग्रामको कामलाई तिब्रता दिने नितीमा समेटिएको छ ।

गाउँपालिकाले विगतका बर्षकै अधिकांश निती तथा कार्यक्रमलाई दोहो¥याएको देखिन्छ । सम्भवत् अहिलेका जनप्रतिनिधीको अन्तिम निती तथा कार्यक्रममा आकर्षक र प्रभावकारी कार्यक्रमलाई भने समेट्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here