‘तत्कालै देशभर लकडाउन आवश्यक छैन’ प्रधानमन्त्री ओली
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकमा बोल्दै धानमन्त्री केपी शर्मा ओलीले तत्कालै देशभर लकडाउन आवश्यक नभएको बताएका छन्।
ओलीले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले बढ्दै गएको कोरोना संक्रमणबारे गरेको ब्रिफ्रिङका क्रममा अहिले नै देशभर लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वैशाख ६ मा सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्न पनि निर्देशन दिएका छन्। कोरोना संक्रमणबारे ब्रिफ्रिङका क्रममा ओलीले स्वास्थ्य मापदण्ड पालना नभएकोमा चिन्ता जाहेर गरेका छन्।






प्रतिक्रिया दिनुहोस्