डोटीले बाढीपहिरोबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहत रकम वितरण

श्रोत : ईन्टरनेट

१७ कात्तिक, डोटी। जिल्ला प्रशासन कार्यालय डोटीले असोज ३१ गतेदेखिको बर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहत रकम वितरण शुरु गरेको छ ।

सरकारले बाढी पहिरोका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरे अनुसार जिल्ला प्रशासन कार्यालयले उक्त रकम वितरण गर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए। सायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाउने ६ जनाका परिवारका सदस्यलाई गाउँमै गएर राहत रकम दिएको विष्टले बताए ।

frontline

बाढी पहिरोका कारण सायल गाउँपालिका-१ का बिरे रोकाया, वडा नं. ४ का जंगबहादुर विष्ट, वडा नं. ५ का हिरुवा लुहार, देव डुम्रेल, वडा नं. ६ का सागर कुन्जेडा र आशिष कुन्जेडा गरी ६ जनाको ज्यान गएको थियो । आशिष र सागर एकै परिवारका हुन्। उनीहरुको परिवारले भने मन्त्रिपरिषदको निर्णय अनुसार ३ लाख रुपैयाँ पाएका छन् ।

रेडक्रस सोसाइटी डोटी शाखाले बाढी पहिरोका कारण प्रभावित परिवारलाई भाडाकुँडा, कम्बल, लुगाकपडासहितको राहत सामग्री वितरण गरेको छ ।

वाढी पहिरोजन्य विपदबाट जिल्लामा १५ जनाको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता छन् । राहत रकम वितरण गर्न बाँकी परिवारलाई पनि तत्कालै उपलव्ध गराइने विष्टले वताए ।

मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दिने एक लाख २० हजार रुपैयाँ पनि मंगलबार जिल्ला प्रशासन कार्यालयको खातामा आएको र सो रकम मृतकका आफन्तको बैंकखातामा जम्मा गर्ने प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here