डेढ लाख घुससहित दुई वडासदस्य पक्राउ

३० कार्तिक, काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ लाख घुससहित दुईजना वडासदस्यलाई पक्राउ गरेको छ।

सर्लाही इश्वरपुर नगरपालिका वडा नं. ११ का वडासदस्य सोनेलाल साह र उमेश रायलाई १ लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन्।

frontline

उनका अनुसार दुवैजनाले ढलानसम्‍बन्धी काम सम्पन्नपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवाफत घुस रकम मागेको उजुरीका आधारमा सोमबार पक्राउ गरेको हो।

उनीहरुलाई रकमसहित लालबन्दी नगरपालिका- ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरपाइजेजबाट पक्राउ गरेको अख्तियारले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here