डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न जनकपुर उपमहानगरलाई स्थानीयको आग्रह

१६ असोज, काठमाडौं । स्थानीयवासीले डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गरेका छन् । देशभर डेंगुका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा जनकपुरधाममा यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न स्थानीयवासीले उपमहानगरसँग आग्रह गरेका हुन् ।

देशव्यापी रूपमा फैलिएको डेंगु नियन्त्रण तथा रोकथाममा स्थानीय सरकारको यथेष्ट ध्यान पुग्न नसकेको रारा क्याम्पसका पूर्वस्ववियू सभापति उमेश चौधरीले गुनासो गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेयर साहेब ! मच्छर नियन्त्रणमा ढिलाइ भयो भने जनकपुरधाममा डेंगु महामारी अवश्यम्भावी छ । जनताको स्वास्थ्यप्रति संवेदनशील हुनुस् ।’

frontline

उनले देशव्यापी रूपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति जनकपुरधाम उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक रहेको बताएका छन् । 

त्यस्तै, नेकपा एमालेका नेता शिवशङ्कर साह हिराले पनि नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेंगु संक्रमण गराउने जातका लामखुट्टे उत्पादन हुने ठाउँहरु नष्ट गर्न र यससम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिन उपमहानगरसँग माग गरेका छन् । 

उनले सामाजिक सञ्जालमा प्रश्न गर्दै लेखेका छन्, ‘हेक्का होस् । जनकपुरधाममा डेंगु फैलिनबाट रोक्ने जिम्मेवारी कसको? अहिलेदेखि नै सतर्कता अपनाउनुपर्ने हो र मच्छर नियन्त्रणको निमित्त पाइला चाल्नुपर्ने हो । मच्छर नियन्त्रण स्थानीय निर्वाचनको प्रमुख मुद्दा पनि थियो । वाचा याद रहोस् ।’

अहिले दसैंको समयमा बजारमा जताततै फोहोरको थुप्रो देखिएको र ठेलामा (भुजा, छोला, समोसा)लगायतका खाद्यान्न सामग्री बेच्ने व्यापारीहरूले झन् मानव स्वास्थ्यको कुनै ख्याल नै नगरी नालाहरूको छेउमै व्यापार सञ्चालन गरिरहेकोले यसले डेंगु सङ्क्रमणको जोखिम रहेको प्रतिसमेत उनले उपमहानगरको ध्यानाकर्षण गराएका छन् । 

जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणको नाममा अहिलेसम्म करोडौँ रकम स्वाहा गरे पनि नगरभित्र लामखुट्टेको समस्या ज्युँकात्यूँ देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here