डीएसपीले चलाएको गाडीले दिएको थियो सांसद सवार गाडीलाई ठक्कर

दुर्घटनामा परेकी सांसद मैया श्रेष्ठ भन्छिन्– ए, ए भन्दाभन्दै अर्को गाडीले ठोकिहाल्यो

कोशी प्रदेश सभा बैठकमा सहभागी हुन आइरहेका चार जना सांसद चढेको गाडी जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाएको गाडीले ठक्कर दिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • ५ जेठ विराटनगरमा प्रदेश सभा बैठकको क्रममा सवारी दुर्घटना हुँदा चार सांसद घाइते भएका छन्।
  • सांसदहरू पाँचथरकी कांग्रेस सांसद मैया श्रेष्ठ, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल, मोरङकी नेकपा एकीकृत समाजवादी सांसद विद्या चाम्लिङ र डीएसपी खगेन्द्र खड्का घाइते भएका हुन्।
  • दुर्घटनामा चारैजना सांसदलाई सामान्य चोट लागेको र उनीहरू अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।

५ जेठ, विराटनगर । प्रदेश सभा बैठकमा सहभागी हुन आउने क्रममा सवारी दुर्घटना हुँदा कोशी प्रदेशका चारजना सांसद घाइते भएका छन् ।

सोमबार दिउँसो ३ बजेबाट सुरु प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।

सोही बैठकमा सहभागी हुन पाँचथरकी कांग्रेस सांसद मैया श्रेष्ठ लावती, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल तथा मोरङकी नेकपा एकीकृत समाजवादी सांसद विद्या चाम्लिङ एउटै गाडीमा विराटनगर आउँदै थिए । गाडी पाँचथरकी सांसद मैया श्रेष्ठको हो ।

विराटनगर आउने क्रममा पूर्वपश्चिम राजमार्गको कानेपोखरीको जंगलमा दुर्घटनामा परेको हो । ‘बैठकका लागि आउदै थियौं, हाम्रो गाडी दुर्घटना भयो,’ सांसद चाम्लिङले भनिन्, ‘जिउ दुखिरहेको छ अहिले अस्पताल जाँदैछौं, बैठकमा जान सकिएन ।’

उनका अनुसार विपरित दिशाबाट आउँदै गरेको कारसँग ठोक्किँदा गाडी सडकमा पल्टिएको थियो । ‘पश्चिमबाट आउँदै गरेको कार नेपाल प्रहरीका डीएसपीले चलाएका रहेछन्, हामीले ए, ए, ए, भन्दाभन्दै कार आएर ठोक्किहाल्यो,’ उनले भनिन्, ‘हाम्रो गाडी ३–४ बल्ड्याङ पल्टियो । कसरी पो बाँचियो ।’

उनका अनुसार चारैजना सांसदलाई सामान्य चोट लागेको छ । चारैजना स्वास्थ्य उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुगेका छन् । अर्काे कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाएका थिए । उनी पनि सामान्य घाइते भएका छन् ।

सांसद सवार गाडीका चालक भेषराज श्रेष्ठ पनि सामान्य घाइते भएका छन् । दुईवटै गाडीमा सवार भएकाहरूको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

सवारी दुर्घटना |सांसद सवारी गाडी दुर्घटना

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here