डा. कोइराला र सिंहबीच चाक्सीबारीमा भेटवार्ता

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व दावी गरिरहेका महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच शनिबार भेटवार्ता भएको छ । नेता सिंहलाई भेट्न महामन्त्री कोइराला उनकै निवास चाक्सीबारी पुगेका थिए ।

भेटमा महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा गरेको टिप्पणीप्रति सिंहसँग माफी मागेका कोइराला निकटका एक नेताले बताए ।

frontline

गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेटघाटमा शशांकले नेता सिंहलाई काठमाडौंबाहिर धेरैले नचिन्ने टिप्पणी गरेका थिए । नेता सिंहले काठमाडौंबाहिर चिन्दैन भन्नेलाई महाधिवेशनमा देखाउने जवाफ फर्काएका थिए ।

स्रोतका अनुसार छलफलको सुरुवातमै महामन्त्री कोइरालाले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका थिए । ‘मैले अनौपचारिक कार्यक्रममा भनेको हुँ, तपाईं कमजोर हुनुहुन्छ भन्न खोजेको होइन’ महामन्त्री कोइरालाको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने ।

जवाफमा सिंहले पनि आफूले पनि जवाफ दिएको बताएका छन् । दुबै नेताबीच अब यो विषयलाई अगाडि नबढाउने र एक अर्काबीच व्यक्तिगत टिप्पणी नगर्ने सहमति भएको नेता सिंहनिकटका एक नेताले बताए ।

दुई नेताबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here