डाटा सेन्टरमा देखिएको समस्याका कारण रोकियो सेयर कारोबार

३० फागुन, काठमाडौं । साताको दोस्रो दिन दुई घण्टा पनि नचली सेयर कारोबार रोकिएको छ ।

कारोबार प्रणालीमा समस्या आएपछि १२ बजेर ५३ मिनेटदेखि एउटा पनि सेयर किनबेच हुन नसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

frontline

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार रोकिएको हो ।

अहिले प्रणालीमा देखिएको समाधान प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here