डाङ्डुङ्गे डाँडामा प्रस्तावित अन्तराष्ट्रिय चलचित्र नगरीमा प्रशासनीक भवन निर्माण हुने

श्रोत : ईन्टरनेट

चरिकोट/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ९ को डाङ्डुङ्गे डाँडामा प्रस्तावित अन्तराष्ट्रिय चलचित्र नगरीमा प्रशासनीक भवन तथा गेट निर्माण गरिने भएको छ । बागमती सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि ति संरचना निर्माण गरिने भएको हो ।

प्रस्तावित अन्तराष्ट्रिय चलचित्र नगरीमा प्रशासनीक भवन तथा गेट निर्माणकालागि बागमती प्रदेश सरकारबाट भीमेश्वर नगरपालिका मार्फत ३ करोड ५० लाख रकम विनियोजन भएको भीमेश्वर नगरपालिकाका आर्थिक प्रशासन प्रमुख जगदिश आर्यालले बताए । भवन तथा गेट निर्माणको लागि टेन्डर प्रकृया अगाडि बढाइने उनको भनाई छ ।

frontline

यस्तै लामोसाँघु–जिरी सडकको खरिढुंगा देखि प्रस्तावित फिल्म नगरीसम्म पुग्नकालागि खनिएको ६ दशमलब ५ किलोमिटर बाटो कालोपत्रे गर्नकालागि चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट ३ करोड रकम विनियोजन भएको अन्तराष्ट्रिय चलचित्र नगरी निर्माणका अभियन्ता बरिष्ठ कलाकार मदनदाश श्रेष्ठले बताए ।

केन्द्र सरकारको प्राथमिकतामा नपरे पनि प्रदेशले चलचित्र नगरीका लागि थोरै भएपनि बजेट विनियोजन गर्नु सुखद नै रहेको अभियन्ता श्रेष्ठको भनाई छ ।

अन्तराष्ट्रिय लगानी सम्मेलनमा समेत बाह्यलगानीकालागि प्रस्तुत भएको अन्तराष्ट्रिय चलचित्र नगरी आयोजना अगाडि बढ्नै लाग्दा तत्कालिन प्रधानमन्त्री केपी केपी ओलीको घामै नलाग्ने ठाउँमा फिल्मसीटी बन्नै सक्दैन भन्ने अभिब्यक्ति पछि अन्तराष्ट्रिय फिल्म नगरी आयोजना ओझेलमा परेको थियो ।

ओलीको सत्ता बहिर्गमन पछि यो आयोजना पूनः आगाडि बढ्ने भीमेश्वर नगरपालिका वडा नम्बर ९ , खरिढुंगाका स्थानीयहरुको आशा छ ।
चलचित्र नगरी निर्माणकालागि अन्तराष्ट्रिय लगानी भित्र्याउने बातावरण बनाउन पनि आफूहरु लागिरहेको अभियन्ता श्रेष्ठले बताए ।

कतिपय विदेशी लगानीकर्ताले चासोदिँदा पनि पूर्व सरकारका मन्त्रिहरुको बेवास्ताका कारण लगानीकर्ता फर्किको अभियन्ता श्रेष्ठको दुःखेसो छ

अहिले पनि भारतको मुंबइका केही लगानीकर्ताहरुले प्रस्तावित चलचित्र नगरीको अवलोकन गर्न आउँने तथा उपयुक्त लागेमा लगानी गर्न सक्ने कुरा आफूसँग बताएको उनको भनाई छ ।

प्रस्तावित अन्तराष्ट्रिय चलचित्र नगरी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर) अनुसार २ अर्ब ७५ करोड लागत अनुमान रहेको रहेको छ ।

यस्तै फिल्म सिटीका सम्पूण संरचना निर्माणका लागि ७६.२५ हेक्टर जमिन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । दोलखाको हाल भीमेश्वर नगरपालिका–९ साविक लाँकुरीडाँडा गाविस–८ र ९ को सेतीदेवीदादर सामुदायिक बनको ६४ हेक्टर र सिन्धुपाल्चोकको पिस्कर–६ को १२ हेक्टर जमिनलाई उपयोग गर्ने प्रतिवेदनमा उल्लेख छ ।

इन्डोर र आउटडोर सुटिङका लागि यति धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९.६१ हेक्टरमा मात्र निर्माण हुने डीपीआरमा उल्लेख छ ।

अन्तराष्ट्रिस्तरको चलचित्र नगरी निर्माणका लागि चलचित्र विकास बोर्डबाट परामर्शदाता मार्फत डीपीआर तयार गरिएको थियो ।

काठमाडौंबाट १ सय ५ किलामिटर पूर्व रहेको प्रस्तावित अन्तराष्ट्रिय चलचित्र नगरी बन्ने डाङ्डुङे डाँडाबाट जुगल तथा रोलवालिङ हिमश्रृखलाको मनोरम दृष्यको दृष्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here