डाँकुको आक्रमणबाट २ सय स्थानीयको मृत्यु

२५ पुस, आबुजा । उत्तर पश्चिम नाइजेरियाको एक गाउँमा सशस्त्र डाँकुहरुको आक्रमणबाट कम्तीमा २ सय स्थानीयको मृत्यु भएको छ।

उत्तर पश्चिमी राज्य जाम्फारामा सशस्त्र डाकुहरुले गरेको प्रतिशोधको आक्रमणमा परी सो संख्यामा स्थानीयहरुको मृत्यु भएको हो।

frontline

सो घटना जाम्फाराका विभिन्न १० वटा गाउँमा भएको र कुर्फा दान्या गाउँ सबैभन्दा बढी प्रभावित बनेको बताइएको छ।

हतियारधारी समूहविरुद्ध त्यहाँको सुरक्षाकर्मीले अपरेसन थालेको र सो अपरेसनको प्रतिसोधमा हतियारधारी डाकुहरुको समूहले आक्रमण गरेको बताइएको छ।

करिब ३ सयको संख्यामा गाउँ पसेका हतियारधारी समुहको आक्रमणमा परि सोमबारदेखि बिहीबार रातिसम्म सो संख्यामा गाउँलेहरु मारिएको स्थानिय अधिकारीहरुले अन्तर्राष्ट्रिय मिडियासँग बताएका छन्।

आक्रमणमा परी मारिएकाहरुलाई सामूहिक चिहानमा गाडिएको त्यहाँका सामुदायिक नेतृत्वकर्ता बलाराबे अल्हाजीले बताएका छन्।

सो आक्रमणमा परी मारिएकाहरुको सेनाले थप खोजी गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here