डडेल्धुराको प्रमुख धार्मिकस्थल उग्रतारा मन्दिरमा आज महाअष्ठमी मेला

१७ असोज, डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध भगवती तथा डडेल्धुराको प्रमुख धार्मिक पर्यटकीय स्थल उग्रतारा मन्दिरमा आज (साेमबार) महाअष्ठमी मेला लागेको छ ।

सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका-८ मा पर्ने महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा प्राचिनकालदेखि महाअष्ठमी मेला लाग्ने गरेको छ । सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्ला र अन्य स्थान लगायत भारतका विभिन्न स्थानहरुबाट भक्तजन र धार्मिक आस्थावान नागरिक उग्रतारा मन्दिर पुग्ने गरेका छन् ।

frontline

हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि मेला लाग्ने गरेको जनविश्वास रहेकाे छ । त्यसै बेलादेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको स्थानीयको भनाइ छ ।

घटस्थापनासँगै दर्शनका लागि घुइँचो लाग्ने उग्रतारामा नित्य पूजा हुने गरेको छ । साथै महाअष्ठमीका दिन भक्तजनले राँगा र बोका आदी पशुपंक्षीको देवी महाकालीमा बली चढाउने परम्परा रहेकाे छ । सत्यको जितका लागि देवी दुर्गाले महिषाशुरको बध गरेको स्मरणमा उग्रतारामा केही वर्ष पहिले सैयौं बोका राँगा नचढाईने र बलि दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here