डडेल्धुराको कांग्रेस वडा समितिले आगामी चुनाव बहिष्कार गर्ने

६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा नेपाली कांग्रेसको वडा समितिले आगामी चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिकाको वडा नम्बर ५ स्थित कांग्रेस वडा समितिले जिल्लावासीले नै प्रधानमन्त्री रहँदा पनि वडाको विकासका लागि राखिएका मागहरू पूरा नभएको भन्दै चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।

frontline

वडाको समग्र विकासका लागि राखिएका मागहरू पूरा हुने विश्वासिलो आधार नभएसम्म मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान नर्गे निर्णय बहुमत पारित भएकाे वडा सभापति जंगबहादुर थापा मगरले जानकारी दिनुभएको छ ।

वडा समितिले प्रधानमन्त्री देउवा बाहेक अरू कसैसँग वार्ता नगर्ने निर्णय समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here