ट्वान्टी–२० क्रिकेट : नेपाललाई ऐतिहासिक शृंखला ‘क्लिन स्विप’ गर्ने योजना

फाइल तस्बिर

२ मंसिर, काठमाडौं । ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा बुधबार कतारलाई ६१ रनले हराउँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले ऐतिहासिक शृंखला जितिसकेको छ । तीन खेलेको ट्वान्टी–२० शृंखलामा नेपालले आज अन्तिम खेल खेल्दै छ ।

पहिलो खेलमा नेपालले कतारलाई ११९ रनको हराएको थियो । आजको खेल जित्दै नेपाल शृंखला ‘क्लिन स्विप’ गर्ने योजनामा छ ।

frontline

पहिलो अन्तर्राष्ट्रिय शृंखला खेल्दै गरेको नेपालका लागि कप्तान रुविना क्षेत्री र इन्दु वर्माले अर्धशतक बनाइसकेका छन् । उच्च मनोबलमा रहेका खेलाडीहरू आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छन् ।

पछिल्लो समय नेपाली टोली ब्याटिङ तथा बलिङ दुवै पक्षमा बलियो छ । बलिङ पनि सरस्वती कुमारी, कविता कुँवर र सबनम राईले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले ट्वान्टी–२० शृंखला खेलेको हो ।

विश्वकप छनोट खेल यही नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुँदै छ । नेपाली टोली कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्नेछ ।खेल नेपाली समयानुसार ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here