ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर

काठमाडौँ, १४ असोज (रासस) : वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले ट्राफिक प्रहरीलाई स्कुटर सहयोग गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज आयोजित कार्यक्रममा लिमिटेडका कार्यकारी निर्देशक मनोज अग्रवालले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई स्कुटरको साँचो हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्या समाधानमा स्कुटरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

frontline

उहाँले वातावरणमैत्री स्कुटरले ध्वनि प्रदूषण तथा वातावरण प्रदूषणमा समेत योगदान पुग्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले स्कुटरलाई भरपुर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने बताउनुभयो ।

उहाँले स्कुटरले थप प्रभावकारीरुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । कार्यक्रममा महाशाखाका ट्राफिक प्रहरी तथा वल्र्डलिङ्कका पदाधिकारीको सहभागिता रहेको थियो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here