ट्राफिकका प्र ना नी खत्रीका खतरा एक्शन

मेवालाल यादव रौतहट- रौतहटको सदरमुकाम गौरमा ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक(सई) टोप बहादुर खत्री आए संगै ट्राफिक नियम उल्लंघन गर्नेमा कमि आएको छ । उनले आफै फिल्डमा आएर काम गर्ने गरेका छन् जसका कारण अन्य ट्राफिक प्रहरीलाई सहायता मिलेको हो । विगतमा गौरका मुख्य-मुख्य चौकमा मोटरसाइकल, कार, टेम्पो, ई-रिक्सा, ट्रेक्टर आदिको पार्किङमा भएको समस्या उनी आएपछि धेरै हद सम्म व्यवस्थित बनेको हो । समय-समयमा ट्राफिक नियम जनचेतना सम्बन्धि जनसमुदायमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आईरहेका छन् । विना नम्बर प्लेटको जस्तो सुकै सावारी साधनलाई नियन्त्रणमा लिई जरिवाना काट्नु को सट्टा त्यही पैसाबाट आफ्नै रोहबरमा नम्बर प्लेटमा नम्बर लेखाउने गरेका छन् । त्यस्तै ट्राफिक उल्लंघन गर्ने चालकलाई रोकी जरिवाना काट्नु को सट्टा पनि उल्टै हात जोडेर, ट्राफिक नियम बारे सम्झाई बुझाई पहिलो चोटीमा छाड्ने गरेका छन् ।भन्ने सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गर्नेलाई जसरी भएनी कानूनी दायरामा ल्याईने तथा आफु पछाडि न रहने प्र ना नी खत्रीले जानकारी दिनु भएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here