ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

१५ फागुन, काठमाडौं । बझाङको बुङगल नगरपालिका–३ जुगेपानीमा शनिबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  गम्भीर घाइते भएका चालक स्थानीय ३८ वर्षीय जयबहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

frontline

घाइते भएका ट्रयाक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्कबहादुर बोहोरालाई उपचारका लागि धनगढी लगिएको छ । 

शनिबार साँझ ६ बजे बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से १ त १४४१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको अस्थाई प्रहरी पोष्ट बिजगाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here