ट्रक चालकको कान काटेर दुई युवा फरार

६ माघ, विराटनगर  । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा बुधबार राती एकजना ट्रक चालकको कान अपरिचित युवाहरुले काटिदिएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले पहिचान नखुलेका दुई जना युवाले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–७ का ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएको बताए ।

frontline

उनका अनुसार मुखिया सिमेन्ट लोड गरिएको ट्रक लिएर मोरङको बूढीगंगाबाट रंगेलीतर्फ जाँदै थिए ।

विराट चोकमा पुगेपछि राती ११:२५ बजेतिर ट्रक पार्किङ गरेर उनी खाना खान नजिकैको पोखरेल होटलमा छिरेको प्रहरीले जनाएको छ ।

खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापिरहेका बेला आइपुगेका दुईजना युवाले धारिलो हतियारले देव्रे कान काटेर छिनाइदिएको जानकारी डीएसपी मुकारुङले दिए ।

उनका अनुसार कान काट्न कुन हतियार प्रयोग गरिएको थियो भन्ने बारेमा पनि खुलेको छैन ।

‘खाना खाएर होटलअगाडि आगो तापिरहेका ट्रक चालकको कान अपरिचित युवाल काटेर छिनाइदिएका छन्,’ मुकारुङले भने, ‘काटिएको ठाउँमा गहिरो चोट लागेकाले अत्याधिक रक्तश्राव भएको छ ।’

अवस्था गम्भीर रहेका ट्रक चालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको उनले बताए ।

अस्पताललाई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार गम्भीर अवस्थाका घाइतेको आइसीयूमा उपचार भइरहेको छ ।

घाइते अवस्थाका उनी सामान्य मात्रै बोल्न सक्छन् । प्रहरीका अनुसार होटलनजिकै बसिरहेका युवाले एक्कासी आएर निहुँ खोज्दै आफ्नो कान काटिदिएको उनले बताएका छन् ।

घटनामा संलग्नको पहिचान खुल्न नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी मुकारुङले दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here