ट्रकले दुईवटा स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, तीनजना घाइते

चितवन । ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीनजना घाइते भएका छन् ।

frontline

नारायणगढबाट लम्जुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको ट्रकले विपरित तर्फबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई भरतपुर महानगरपालिका १ आँपटारीस्थित पानीटंकी ओरालोमा ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर पछाडि बसेकी देवघाट गाउँपालिका १ तनहुँ बस्ने अन्दाजी ४० वर्षीया चिनिमाया पौडेलको मृत्यु भएको छ ।

दुर्घटनाका घाइते भरतपुर महानगरपालिका ११ का ३५ वर्षीय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । 

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै देवघाटकै ३० वर्षीय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै ३५ वर्षीया सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here