ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

१६ पुस, नेपालगन्ज । बाँकेको नेपालगन्जमा ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

नेपालगन्जको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका-५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको हो ।

frontline

ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्लामीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here