टोकियो नजिकै ज्वालामुखी विष्फोट

११ कात्तिक, एजेन्सी :  जापानको राजधानी टोकियो नजिकै रहेको प्रशान्त महासागरमा ज्वालामुखी विष्फोट भएको छ। जापानको अल निप्पो न्यूजका अनुसार बिष्फोटपछि २ दर्जन भुताहा जहाज बाहिर निस्किएका छन् ।

समाचारका अनुसार टोकियोबाट १२०० किलोमिटर दक्षिण प्रशान्त महासागरमा रहेको इयो जिमा द्विपनजिकै विष्फोट भएको हो।

frontline

बिष्फोटपछि दोस्रो विश्वयुद्धका २४ युद्धपोत देखिएको समाचारमा जनाइएको छ । बिष्फोटअगि यी समुद्रभित्र डुबेका थिए । तर, फुकुतोकु ओकानोबा ज्वालामुखी विष्फोट र भूकम्पका कारण यी जहाजहरु बाहिर निस्किएका हुन् ।

१९४५ मा भएको भयानक दोस्रो विश्वयुद्धमामा अमेरिकी सेनाले कैयौं जहाज डुबाइदिएको समाचारमा उल्लेख छ। जसमा ७० हजार अमेरिकी मरिनले २० हजार जापानी सैनिकसँग युद्ध गर्दा २० हजार अमेरिकी मरिन घाइते भएका थिए ।

करिब ७ हजार मरिन मारिएका थिए भने जापानी सैनिकमध्ये केवल २१६ जना मात्र बचेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here