टेलिकमले माग्यो नवौँ तहको इन्जिनियरदेखि जुनियर टेक्निसियनसम्मका ८० कर्मचारी

नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। 

टेलिकमले आज सूचना जारी गर्दै लोक सेवा आयोगबाट सहमती प्राप्त भएपछि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त आह्वान गरिएको जानकारी दिएको हो। 

frontline

नवौँ तहको उपप्रवन्धक १ जना, वरिष्ठ इन्जिनियर १, वरिष्ठ व्यापार अधिकृत १, वरिष्ठ लेखा अधिकृत १, टेलिकम इन्जिनियर १०, सहायक प्रशासकीय अधिकृत ९, टेलिकम टेक्निसियन ९, चौथो तहका सहायक १७ जना, तेस्रो तहका जुनियर टेक्निसियन १२ जनासहित ८० जना कर्मचारीको लागि टेलिकमले दरखास्त आह्वान गरेको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी मंसिर ३ गतेसम्म अनलाइन मार्फत् आवेदन दिन सक्ने टेलिकमले जनाएको छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here