टीआईए आन्तरिक टर्मिनल शाखाका प्रमुख चुडाल अख्तियारको नियन्त्रणमा

९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रणमा लिएको छ ।

अनियमितता गरेको आरोपमा चुडाललाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले कान्तिपुरलाई जानकारी दिए ।

frontline

केहीबेरमा विज्ञप्ति गरी विस्तृत जानकारी दिने प्रवक्ता भण्डारीले बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाई उजुरीका आधारमा नियन्त्रणमा लिएका छौँ । उहाँ नवौँ तहको कर्मचारी हुनुहुन्छ । केहीबेरमा प्रेस विज्ञप्ति जारी गरी घटनाका बारेमा विस्तृत जानकारी दिन्छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here