टरिगाउँ विमानस्थलमा स्थानीयद्वारा तालाबन्दी

फाइल तस्बिर

१५ साउन, दाङ ।  स्थानीयले टरिगाउँ विमानस्थलमा तालाबन्दी गरेका छन् ।

विमानमा इन्धन भर्नका लागि प्रयोग हुने बाउजर मेसिन फिर्ता लैजाने खबर पाएपछि विरोधस्वरुप तुलसीपुर उपमहानगरका उपमेयर स्यानी चौधरीसहित सम्बद्ध सरोकारवालाहरुले विमानस्थलको मुल गेटमा तालाबन्दी गरेका हुन् । स्थानीयले आइतबार बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएका थिए ।

frontline

उपमेयर चौधरी, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसीलगायतको टोली एयरपोर्ट पुगेको थियो । 

उनीहरु बाउजर फिर्ता लैजान नदिने अडानमा छन् । बाउजर फिर्ता लैजान नदिन भन्दै स्थानीयहरुले दाङबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुलाई पनि ध्यानाकर्षण गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here