झुठफुसको आन्दोलन तथा म्यादी मन्त्री साहको जालझेलदेखी सावधान, प्रदेश सांसद रामकिशोर यादव

असोज १५, रौतहट । रौतहटमा अहिले विभिन्न बहानामा भइरहेको आन्दोलन झूठा तथा जनतालाई भ्रमित गर्ने रहेको देखिएको छ। विपक्षमा रहेका निर्वाचित जनप्रतिनिधि तथा पालिकाहरुलाई बदनाम गराउने उद्देश्यले निमुखा,गरीब तथा दलित समुदायका जनताहरुलाई भ्रममा पारी विभिन्न बहानामा आन्दोलनमा उतार्ने यसै रौतहट क्षेत्र नं. ३ बाट निर्वाचित पूर्व नेकपा माओवादीका नेता म्यादी शहरी विकास मन्त्री प्रभु साहले आफुलाई टिकने ठाउँ नभएको कारण अर्काको बाटो बिगार्न कुनै कसर नछोडेको रौतहट क्षेत्र नं २ ‘ख’ को प्रदेश सांसद माननीय रामकिशोर यादवले दाबी गर्नु भएको छ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत रौतहटका पालिकाहरुले कुनै पनि गल्ती नगरेको वहाले दाबी गर्नु भयो । सुरक्षित नागरिक आवास कार्यक्रम शहरी विकास मंत्रालयको निर्देशिका अंतर्गत प्राप्त पत्र अनुसार नगरपालिकाले सूचना गरि निवेदन संकलन एवं घरधुरी सर्वेक्षण फारम शहरी विकास कार्यालय बिरगंजमा पठाएको थियो ।

frontline

घरधुरी सर्वेक्षण गरि लाभग्राहीहरुको नाम छनौट गरि अन्तिम नामावली शहरी विकास कार्यालयले दिनु पर्ने अवस्थामा हालसम्म लाभग्राहीको अन्तिम नामावली नआएकोले कार्यक्रम संचालन गर्न ढिलाई भएको वहाले बताउनु भयो ।

अधिकार अर्काको , योजना अर्काको र उनीहरुको कामजोरीको कारण मात्र समयमा कार्य नहुँदा उनीहरुले नै अर्कामाथि दोष थुपार्नेले आफ्नो नाम दिन्छ ‘बिकास प्रेमी’ आफूहरुले भएको जति सहयोग गरेपनि बदनाम गर्न तथा आफ्नो वाहवाही कमाउन दलित वर्गलाई उस्काई विभिन्न बहानामा आन्दोलन तथा नगरपालिका घेराऊ गर्न गरीब,विपन्न तथा दलित समुदायका जनताहरुलाई ललाई फकाई म्यादी मंत्रीले नयाँ जालझेल रचेको बौद्धिमाई नपाका नगर प्रमुख युवा मेयर राजीव रंजन यादवले बताउनु भयो ।

शहरी विकास कार्यालयको निर्देशन अनुसार नपाले सूचना पनि गर्यो, फारम संकलन पनि गर्यो, प्राप्त निवेदन अनुसार सर्वेक्षण गरि सर्वेक्षण फारम भरि शहरी विकासको कार्यालयसम्म पुर्यायों ।

बाकीको कार्य अर्थात छनौटमा परेका लाभग्राहीको अन्तिम नामावली शहरी विकास कार्यालयले दिनु पर्ने भएमा नदिएको खण्डमा नपाले को संग समझौता गर्ने र कसलाई रकम हस्तांतरण गर्ने विषयमा सिंगों शहरी विकास कार्यालयको कमजोरीको कारण कार्य समयमा नभएको भन्नु पर्ने अवस्थामा अरुलाई बदनाम गराउने यस्ता झूठा कुरामा नपर्न सम्पूर्ण सर्वसाधारणमा जानकारीको लागि वहाले अनुरोध गर्नु भएको छ ।Enter

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here