झापाको मेचीनगरमा एकको हत्या

श्रोत :ईन्टरनेट

झापा । झापाको मेचीनगरमा एक जनाको हत्या भएको छ।

बुधबार राति साढे ८ बजे मेचीनगर-५ इँटाभट्टा अधेरी टोलका ४० वर्षीय भीमराज राईको हत्या भएको हो।

frontline

उनको शव मुखबाट रगत आइरहेको अवस्थामा फेला परेको थियो।

उनको घाँटीमा खुट्टा मर्किँदा बाँध्ने कपडा कसिएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई राति नै पक्राउ गरेको छ।

मेचीनगर-५ कै ५६ वर्षीय सुकराज लिम्बुलाई नियन्त्रणमा लिइएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

आपसी झगडाका कारण उनले खुट्टा मर्किँदा बाँधिने कपडाले बाँधेर घटना गराएको उनले बताएका छन्।

घटनास्थल सीमा प्रहरी चौकी नकलबन्दाबाट अढाइ किलोमिटर पश्चिम पर्छ।

घटनालगत्तै सीमा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालयबाट एसपी भट्टराई आफैं पुगेका थिए।

‘घटना गराउने व्यक्ति खोजीको सिलसिलामा राति नै पक्राउ गर्न सकिएको छ,’ भट्टराईले भने।

मृतकको शव पोष्टमार्टमका लागि मेची अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here