झण्डै ७ सय माइलको यात्रा गरेर स्लोभाकिया पुगेका युक्रेनका ११ वर्षीय ‘हिरो’
२५ फागुन, काठमाडौं । झण्डै ७ सय माइलको यात्रा गरेर स्लोभाकिया पुगेका युक्रेनका ११ वर्षीय बालककी आमाले रुसी बमबाट आफ्नो छोराले सकुशल मुक्ति पाएपछि राहत भएको बताएकी छिन्।
ती बालक युलिया पिसेत्स्काया एउटा प्लाष्टिकको झोला, राहदानी र हातमा टेलिफोन नम्बर लेखेर स्लोभाकिया पुगेका थिए।
ती बालककी आमा युलिया पिसेत्स्कायाले गत हप्ता रुसी सेनाको आक्रमणमा परेको आणविक प्लान्ट नजिकको सहरबाट आफ्नो छोरालाई स्लोभाकियाको रेल चढाएकी थिइन्।
ती बालककी आमा भने आफ्नी आमा अस्वस्थ भएका कारण युक्रेन छाड्न सक्ने अवस्थामा थिइनन्।
स्लोभाकियाका सीमा गार्डहरुले देश पार गर्दै गर्दा केटाको हेरचाह गरेका थिए। ती बालकले सीमाका गार्डहरुलाई आफ्नो नाम हिरो भनी बताएका छन्।
केटाको हातमा स्लोभाकियाको राजधानी ब्राटिस्लाभामा रहेका आफन्तहरुको फोन नम्बर लेखिएको थियो जसका कारण अधिकारीहरुले तिनीहरुलाई ट्रयाक गर्न सक्षम भएका थिए।
‘उनीहरुले मेरो बच्चाको जीवन बचाएकामा आभारी छु,’ ती बालककी आमा युलियाले संवाददाताहरुसँग स्लोभाकियालीहरुलाई सम्बोधन गर्दै भनेकी छन्- ‘तिम्रो सानो देशमा ठूलो मन भएका मान्छेहरु छन्।’
उनले थपिन्, ‘म एक विधवा हुँ र मेरा धेरै बच्चाहरु छन्। म मेरा छोराको हेरचाह गर्ने र उसलाई सीमा पार गर्न मद्दत गर्ने स्लोभाकिया अध्यागमन र स्वयंसेवकहरुलाई धन्यवाद दिन चाहन्छु।
म कृतज्ञ छु, तपाईँले मेरो बच्चाको जीवन बचाइदिनुभयो। मेरी आमा आफैँ सहर छोड्न सक्दिनन्, त्यसैले म मेरी आमालाई छोड्न सक्दिन।’
स्लोभाकियाको आन्तरिक मन्त्रालयले फेसबुकमा भनेको छ, ‘केटाले आफ्नो मुस्कान, निडरता र दृढ संकल्पले सबैको मन जित्यो। उनी वास्तविक नायकको योग्य छन्।’
ती बालकलाई अधिकारीहरुले आत्मीयता, खाना र पेय पदार्थ प्रदान गरेका थिए।
अधिकारीहरुले थपे, ‘उनको हातमा रहेको नम्बर र कम्मरमा बाँधिएको कागजको टुक्राका लागि धन्यवाद, त्यसबाट उनका प्रियजनहरुलाई सम्पर्क गर्न सफल भयौं।’
रुसी सेनाले शुक्रबार बिहान युक्रेनको २० प्रतिशत बिजुली उत्पादन गर्ने युरोपको सबैभन्दा ठुलो आणविक बिजुली प्लान्ट जापोरिज्जिया क्षेत्रमा आक्रमण गरी त्यसलाई नियन्त्रणमा लिएको थियो।
(गार्डियनबाट साभार)
प्रतिक्रिया दिनुहोस्