ज्येष्ठ नागरिकलाई सम्मान -वालिङ,स्याङ्जा

स्याङ्जा। वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् । 

ज्येष्ठ नागरिकलाई वडाबाट सम्मानस्वरुप यस वर्ष झुल, ‘हर्लिक्स’ र फलफूल उपलब्ध गराएको वडाअध्यक्ष दामोदर तिवारीले बताए। ‘समाजको अभिभावककारुपमा रहनुभएका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप झुल, हर्लिक्स र फलफूल घरघरमै पुगेर उपलब्ध गराएका हौँ’, उनले भने, ‘घरघरमै पुग्दा ज्येष्ठ नागरिकको अवस्थाकाबारेमा जानकारी लिनुका साथै उहाँहरुको अनुभव तथा सुझाव पनि सङ्कलन गर्न पायौँ।’

frontline

वडाबासीको सुख दुःखमा वडा कार्यालय वा जनप्रतिनिधिहरु सँगै छन् भन्ने अनुभूति दिलाउनका लागि पनि नागरिकको घर दैलोमै पुगेर उक्त सामग्रीहरु उपलब्ध गराएको उनले बताए।

ज्येष्ठ नागरिकलाई लक्षित गरी विगतका वर्ष स्वास्थ्यकर्मीसहित घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको वडा सचिव प्रेमनारायण सुवेदीले बताए। वडा कार्यालयका अनुसार  चौरासी वर्ष पूरा भएका २८ ज्येष्ठ नागरिक छन् ।

‘वडाको तथ्याङ्कमा रहनुभएका २८ जनामध्ये हाल वडाभित्रै बसोबास गर्नुभएका २२ जनालाई सम्मानस्वरुप उक्त सामग्री उपलब्ध गराएका हौँ’, वडा सचिव सुवेदीले भने।

मत दिएर जिताएका जनप्रतिनिधि घरदैलोमै आएर सम्मान गर्दा खुसी लागेको वालिङ–८ कँडेलगाउँका पूर्णचन्द्र कँडेलले बताए। ‘जनप्रतिनिधिले बूढा भएर बसेका वृद्धवृद्धालाई घरघरमै आएर भेट्ने, दुःखसुखका कुरा सुन्ने गर्नु राम्रो पक्ष हो’, उनले भने, ‘आफ्नै दैलोमा जनप्रतिनिधिबाट सम्मानित हुन पाउनु एउटा सुखद अवसर हो ।’ वडा कार्यालयले वृद्धवृद्धालाई ख्याल गर्दै वर्षैपिच्छे फरक कामलाई निरन्तरता दिँदै जानुपर्ने उनले सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here