जोडियो सडक संजालमा खाँडाचक्र नगरपालिका

फाइल तस्बिर

१४ चैत, सुर्खेत । सडक संजालमा खाँडाचक्र नगरपालिका जोडिएको छ । जिल्लाको सदरमुकाम भएपनि भौगोलिक विकटताले पछि परेको खाँडाचक्रका गाउँ—गाउँमा सडकको पहुँच पुगेको हो ।

स्थानीय निर्वाचन पछि जनप्रतिनिधि चयन भएपछि यो क्षेत्रमा धमाधम सडक निर्माण गर्न थालिएको थियो ।नगरपालिका पहिलो आर्थिक वर्षमा नै सडकलाई पहिलो प्राथामिकतामा राखेर बजेट विनियोजन गरिएको थियो ।

frontline


खाँडाचक्र नगरपालिकामा जम्मा ११ वटा वडा रहेका छन् वडामा सडकको ट्रयाक खोलिएको छ ।सडक निर्माण प्रश्चात खाँडाचक्र नगरपालिका वडा-१ देखि वडा-११ सम्मका स्थानीय लाभान्वित भएका छन् ।

सडक निर्माणको पहिलो चरण ट्रयाक खुला गरिए पनि अझै तिन चरणको काम बाँकी रहेको इन्जिनियर सुमित भट्टले बताए ।
उनले भने,‘सडकको ट्रयाक खुला गर्नु भनेको २५ प्रतिशत काम भएको मानिन्छ । अव ७५ प्रतिशत काम गर्न बाँकी छ । त्यो भनेको दोस्रो,तेस्रो र चौथो चरण बाँकी छ ।’
खाँडाचक्र सडकले जोडिदा स्थानीय निकै खुसी भएका छ ।

विकट गाउँ सडक सञ्जालमा जोडिएपछि स्थानीयलाई दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको छ । गाउँमा सडक पुगेपछि भारी वोक्ने दुःखको झमेला टाढाँ भएको छ ।

खाँडाचक्र नगरपालिका का वडा-८ का स्थानीयले बताए । विगतमा पीठीउँमा भारी बोकेर दुःख पाएको पीडा पोखे ।‘कर्णाली राजमार्गको पिलि,सेरावडा,मोल्फा बजार,मान्म,जिते बजार गएर नुन,तेल,चामल लगाएतका दैनिक उपभोग्य वस्तु पीठीउँमा बोकर घर ल्याउनु पर्ने बाध्यता थियो ।
उनले भने,‘भारी बोक्दै दिन विते अव भने गाडी पुगेपछि सुख पाइन्छ की रु जनप्रतिनिधि आएपछि जे होस् हाम्रो गाउँमा विकास भएको छ ।
रुपमा चारपाङ्गे्र जीप,ट्याक्टर,मोटरसाइकल सबै वडामा गाडि पुगेको खाँडाचक्र नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत जसि प्रसाद चौलागाईंले बताए । नगरपालिका सडक सञ्जालमा जोडिदा स्थानीय खुसी छन् ।

किलोमिटर सडक निर्माण गरेको नगरपालिका नगर-प्रमुख जसि प्रसाद पाण्डेले बताए । उनलेभने,बरातु,धाम्कोट,कोइरेल गाउँ,ताडि,बद्रीगाउँ,घोडेना,पिलि,तलसेरा,दाहा, चौकी,पाँखा,दाहालामा स्थानीयले पीठीउँमा भारी बोकेर जिविकोपार्जन गर्ने दिनको अन्त्य भएको छ ।

अव खाँडाचक्र समृद्धितिर धकेलिएको छ । स्थानीयले हिजो पाएको दुःखका दिनको अन्त्य गर्दै आएका छौं। नगरपालिकामा सडक जोडिएसँगै स्थानीय स्तरमा उत्पादन हुने तरकारी,मास,सिमी,जडीबुटी र फलफूल जिल्ला सदरमुकाम मान्ममा बिक्री वितरण गर्न र विकास निर्माणका सामग्री लिन सहज हुने उप-प्रमुख विजया विष्टले बताइन्

वडा-११का वडाध्यक्ष पुष्पराज गिरीले गाउँमा गाडी पुग्दा विकासको अनुभुति भएको सुनाए । उनले भने,‘स्थानीयले हाम्रो कामको परिक्षण गरेका छन् ।

इमान्दारीतका साथ काम गर्नुपर्ने छ । अवसर र चुनौतीलाई अगाल्दै गाउँको विकासमा लागेका छौ ।’नगर-प्रमुख जसि प्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here