जोटाको जर्सी नं ‘२०’ लाई लिभरपुलले अवकाश दिने

News Summary

Generated by OK AI. Editorially reviewed.

  • लिभरपुलले पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा जर्सी नं २० अवकाश गर्यो।
  • जोटाको मृत्यु अप्रिलमा भएको कार दुर्घटनामा भएको थियो र उनले लिभरपुलका लागि उपाधि जितेका थिए।
  • क्लबले भने, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’

frontline

२० असार, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन ।

क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’

गत अप्रिलमा भएको मर्सीसाइड डर्बीमा कोप स्ट्यान्ड अगाडि जोटाले गरेको गोल उनको जीवनको अन्तिम गोल बन्यो, जुन भावुक क्षण क्लब र समर्थकहरूका लागि स्मरणीय बनेको छ।

२८ वर्षीय जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे सिल्भाको स्पेनमा भएको कार दुर्घटनामा मृत्यु भएको हो। यस घटनापछि समग्र फुटबल क्षेत्र शोकमा छ ।

पोर्चुगलको सानो सहर गोन्डोमारबाट फुटबल खेल्न थालेका जोटाको करियर सुरुवात पासोस डे फेरेराको यूथ एकेडेमीबाट भएको थियो । सन् २०१६ मा एट्लेटिको मड्रिड पुगेपछि उनले पोर्टोमा लोनमा खेले, त्यसपछि वुल्भ्स हुँदै लिभरपुल आइपुगेका थिए ।

लिभरपुलमा उनले एफए कप, लिग कपसहित सन् २०२४/२५ सिजनको प्रिमियर लिगकै उपाधि पनि जिते। पोर्चुगलका लागि पनि उनले सन् २०१९ र २०२५ को युएफा नेसन्स लिग जिते।

लिभरपुलले अहिलेसम्म कुनै पनि खेलाडीको सम्मानमा जर्सी नम्बर अवकाश दिएको थिएन।

डिएगो जोटा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here