जुवाको खालबाट पक्राउ परेकी युवतीद्वारा बलात्कारको मुद्धा दायर

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को एक घरबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका ब्यक्तिहरु विरुद्ध सोहि खालबाटै पक्राउ परेकी एकजना युवतीले बलात्कारको मुद्धा दायर गरेकी छिन् ।

पक्राउ परेका ६ जना बिरुद्ध बन्दक बनाएर बलात्कार गरेको भन्दै युवतीले मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

frontline

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालका अनुसार युवतीले आफुलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको उजुरीको आधारमा मुद्धा दायर गरिएको हो ।


प्रहरीले किशोरीको उजुरीको आधारमा पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा मंगलबार हेटौैँडा ४ बाट ४० बर्षीय रुस्तम कोईराला, ५४ बर्षीय अमर प्रधान, ४० बर्षीय प्रकाश मानन्धर, ३३ बर्षीय बिनोद घर्ति र चितवन घर भएका ४४ बर्षीय सुरेश पौडेल तथा मुद्धा दायर गर्ने युवतीलाई पनि पक्राउ गरेको थियो ।


प्रहरीले घटनामा संलग्न भएको उजुरीका आधारमा ५० बर्षीय अख्तर हुसेनलाई पनि आज पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here