जुम्लामा मतदान केन्द्रतिर जाँदै गरेको जीप दुर्घटना,

१ मंसिर, जुम्ला । जुम्लामा मतदान केन्द्रतिर जाँदै गरेको जीप दुर्घटना भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले मतदान केन्द्रतिर जाँदै गरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको पुष्टि गर्नुभयाे ।

frontline

उहाँका अनुसार तिला गाउँपालिका- ४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी गम्भीर घाइते भएका छन् भने अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here