जुम्लामा भालुको आक्रमणबाट दुई जना घाईते

बिहीबार, जुम्ला । जुम्लामा भालुको आक्रमणबाट दुई जना घाईते भएका छन्।

जुम्लाको अनुसार चन्दननाथ नगरपालिका–६ कार्कीवाडामा बिहिबार बिहान पौने ५ बजेतिर भालुले मानिसमाथि आक्रमण गरेको हो।

frontline

आक्रमणबाट दैलेख घर भएका हिमबहादुर रोकाया र उनी श्रीमति निर्मला थापा घाईते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।

जुम्ला बजारमा मोवाईल पसल गरिरहेका उनीहरू बिहान कोठाबाट पसल आउन लागेका थिए।

त्यसैबेला भालुले आक्रमण गरेको डिएसपी थापाले जानकारी दिए ।

निर्मलाको अनुहारमा र हिमबहादुरको टाउको, ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ।

जंगलबाट बजार छिरेको भालु अहिले पनि नियन्त्रण बाहिर रहेको छ ।

आक्रमण गर्ने भालु बजारमा छ वा जंगल गयो भन्नेबारे सुरक्षाकर्मीले खोजी गरिरहेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here