जुम्लाकाे तिला ३ त्रिवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्‍यु

२१ पुस, जुम्ला । जुम्लाकाे तिला गाउँपालिका ३ त्रिवेणीमा आज बिहीवार दिउँसाे अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ ।

जुम्लाबाट नाग्मा जाँदै गरेकाे क १ स ११ नम्बरकाे अटाे तिला नदीमा खस्दा तातोपानी गाउँपालिका १ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढामगरले जानकारी दिनुभयाे । 

frontline

प्रहरीका अनुसार पुरनकाे घटनास्थलमै ज्यान गएकाे र आकाशकाे उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ज्यान गएकाे हाे । 

अटोले पाउरोटी ओसारपसार गर्दै आएको थियो । अटो कर्णाली राजमार्गबाट तल तिला नदीको छेउमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here