जीवन विकास लघुवित्तको वार्षिकोत्सवमा १६१ स्थानमा सामाजिक काम

१८ फागुन, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले छैटौं वार्षिकोत्सव १६१ स्थानमा विभिन्न सामाजिक कार्य गरी मनाएको जनाएको छ ।

३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको यो लघुवित्तका १६० शाखा छन् । सबै शाखा कार्यालयले आ–आफ्ना कार्यक्षेत्र भित्र सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

frontline

जीवन विकासको शुरुवात सामाजिक क्षेत्रबाट भएकाले संस्थाले वार्षिकोत्सव सामाजिक कार्य गरेको उनको भनाइ छ ।

उनका अनुसार २५ वटा शाखाले २५ विपन्न परिवारको घर निर्माण तथा मर्मत र ६० वटा शाखाले बजार सरसफाइ कार्यक्रम गरेका छन् । ७२ वटा शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् । एक स्थानमा रक्तदान, एक स्थानमा शौचालय निर्माण र दुई स्थानमा पार्क तथा मस्जिद सफाइ कार्यक्रम गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत मण्डल अमाही शाखाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए । अमाहीबाटै जीवन विकास समाज सुरु भएको थियो ।

जीवन विकास समाजबाट नै प्रवद्र्धन भई २०७५ साल फागुन १६ गते जीवन विकास लघुवित्त वित्तीय संस्था स्थापना भएको थियो ।

कोशी प्रदेश, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा १६० वटा शाखा मार्फत ३ लाख ५० हजार परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको उनले बताए । २७ अर्बभन्दा बढी ऋण कारोबार गरेको जीवन विकासले ११ अर्व भन्दा बढी बचत परिचालन गरेको मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here