जीप दुर्घटना, ५ जना घाइते

६ मंसिर, जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-१ भन्सिङस्थित बेनि जोमसोम सडकखण्डमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

सोमबार बिहान जोमसोमबाट बेनितर्फ जाँदै गरेको ग १ ज ७७०३ नम्बरको जीप सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

frontline

दुर्घटनामा चालक मिलन बि.क., कल्पना श्रेष्ठ, मैया थापा, बाबुराम थापा र अनिषा थापा घाइते भएका छन्।

घाइतेलाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल जोमसोमतर्फ पठाएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here