जीपको ठक्करबाट महिलाको मृत्यु

३ पुस, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–११ मा शनिबार साँझ जीपको ठक्करबाट पैदल हिंडिरहेकी महिलाको मृत्यु भएको छ ।

बा १ ञ २४३८ नम्बरको जीपको ठक्करबाट पैदल हिंडिरहेकी स्थानीय ५२ वर्षीया उषा गुरुङको मृत्यु भएको हो ।

frontline

दुर्घटनामा घाइते भएकी उनको कोहलपुरस्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ठक्कर दिने जीप सहित फरार रहेका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here