जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट १०औं नम्बरमा

२० साउन, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशभरीमै उत्कृष्ट १०औं नम्बर भित्र अटाउन सफल भएकाे छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको देशभरीका जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मूल्याङ्कन हेर्दा बैतडी १०औं नम्बरमा अटाउन सफल भएको हो ।

frontline

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८ /०७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुसार बैतडी १०औं नम्बरमा परेको हो ।

जिल्ला प्रशासन कार्यालय पहिलो पटक उत्कृष्ट १०औं नम्बर भित्र पर्न सफल भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।

दुई वर्ष अगाडी बैतडी १२औं नम्बरसम्म पुगेको थियो । शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद जाेखिम न्यूनीकरण, मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट १०औं नम्बरमा परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

उत्कृष्ट १०औं नम्बरमा अटाएपछि प्रमुख जिल्ला अधिकारी पन्थीले जिल्ला सुरक्षा समिति परिवार, जिल्ला प्रशासन कार्यालय बैतडी, जिल्लास्थित सरकारी कार्यालयहरू, स्थानीय तहहरू, राजनीतिक दलहरू, गैरसरकारी संघसंस्था र सञ्चारकर्मीलगायत सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

कार्यसम्पादन मूल्यांकनमा गुल्मी देशभरीको पहिलो नम्बरमा रहेको छ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पनि उत्कृष्ट १०औं नम्बरमा अटाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here