जिल्ला कुखुरा ब्यवसायी किसान संघको परिचायात्मक कार्यक्रम सम्पन्न

Exif_JPEG_420

 

चन्दन महतो

frontline

अषाढ १५ , रौतहट 

रौतहटको दुर्गा भगवती गाउँपालिकाको गंगा पिपरा बजार स्थित रहेको सामुदायिक भवनमा जिल्ला कुखुरा ब्यवसायी किसान संघको परिचायात्मक कार्यक्रम सम्पन्न भएको छ ।रौतहट जिल्ला स्थितिका सरोकारवालाहरु बीच जिल्ला कुखुरा ब्यवसायी किसान संघद्वारा परिचायात्मक कार्यक्रम सम्पन्न भएको छ।जिल्ला कुखुरा ब्यवसायी किसान संघको परिचायात्मक कार्यक्रम उमाशंकर साहको सभापति र दुर्गा भगवती गाउँपालिकाको नगर प्रमुख शम्भु सिंहको प्रमुख अतिथिमा परिचायात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Exif_JPEG_420

जिल्ला कुखुरा ब्यवसायी किसान संघको सचिव राधेश्याम साहले स्वागत मन्तव्य राख्दै कोभिडको समयमा भएको लकडाउनको प्रत्यक्ष असर कुखुरा उत्पादनमा अहिलेसम्म देखिएको उहाँको भनाइ छ । त्यो बेला उत्पादन कम हुँदा वृद्धि भएको मूल्य त्यसपछिका उत्पादनले हालसम्म पाएका छैनन् । त्यतिबेला प्रतिकेजी २ सय ७० रुपैयाँमा बिक्री भएको जिउँदो कुखुरा अहिले १ सय ८० सम्ममा पनि बिक्री हुन नसकेको 

 बताउनुभयो । 

Exif_JPEG_420

आफूले गरेको उत्पादनले लागत मूल्य पनि उठ्न नसकेपछि किसानले  चिन्ता  गर्न थाले पछि आज जिल्ला कुखुरा ब्यवसायी किसान संघको परिचायात्मक कार्यक्रममा किसानले    पिडा राखेका राखेका छन् ।

कुखुराको आहारा सन्तुलित एवम् राम्रो गुणस्तरको भयो भने कुखुरा पालन व्यवसायबाट ज्यादा आम्दानी गर्न सकिन्छ । तर, कुखुराको दानाको गुणस्तर नियमित परीक्षण गर्ने परिपाटी नभएकाले बजारमा पाइने दानाको गुणस्तरमा एकिन हुन सक्ने अवस्था छैन । जसले गर्दा कुखुरा पालन गर्ने कृषकहरूले चाहेजति फुल र मासुको उत्पादन लिन सकेका छैनन् । कुखुराको आहारालगायत कुखुरा पाल्ने ठाउँको व्यवस्थापन, औषधि उपचारको व्यवस्था र बजारीकरणको सम्भाव्यतालाई ध्यानमा राखी व्यवसाय सञ्चालन गरेमा कुखुरा पालनबाटै पनि मनग्य आम्दानी लिन सकिन्छ । कुखुराको खोर व्यवस्थापन कसरी गर्ने त्यो सम्बन्धमा सहायक  जिल्ला प्रमुख अधिकारी राम नरेश यादवले बताउनुभयो ।

Exif_JPEG_420

दुर्गा भगवती गाउँपालिकाको नगर प्रमुख शम्भु सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै खोर निर्माण गर्दा यातायातको सुविधा, पानी, बत्तीको राम्रो आपूर्ति भएको, पानीको निकासा भएको, राम्रोसँग घाम लाग्ने, बजारको सुविधा भएको स्थान छनोट गर्नुपर्छ ।

कुखुराको खोर निर्माण गर्दा पूर्व–पश्चिम दिशालाई खुला राख्नुपर्छ, जसले गर्दा सूर्यको प्रकाश खोरमा छिर्नसकोस् ।

Exif_JPEG_420

सोत्तर प्रणालीमा कुखुरा पाल्दा ब्रोइलर कुखुरालाई १ वर्गफुट तथा लेयर्स कुखुरालाई २ वर्गफुट स्थानको आवश्यकता पर्छ ।

दुईतिरबाट जाली भएको हावाको निकास भएको खोर बनाउनुपर्छ ।यश पालि दुर्गा भगवती गाउँपालिकामा किसानको लागि योजना ल्याएको सिंहले बताए ।

सो परिचायात्मक कार्यक्रममा जिल्ला कुखुरा ब्यवसायी किसान संघको सदस्य गण , सुरक्षाकर्मी , किसान , पत्रकार लगायत अन्यको सहभागी रहेको थियो ।

Exif_JPEG_420

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here