जितपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित

बाराको जितपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । नेकपा (एमाले) र नेपाली काँग्रेसका वडाध्यक्षहरुले बैठक हलमा नाराबाजी र तोडफोड गरेपछि नगरसभा स्थगित गरिएको बताइएको छ ।

आज आर्थिक वर्ष ०८१÷०८२ का लागि बजेट पेश गर्ने कार्यक्रम थियो । तर उपमहानर प्रमुख राजन पौडेल हलमा प्रवेश गरेपछि वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ६ का कैयुदिन अन्सारी, ७ का वडाध्यक्ष सुनिल गुप्ता, १६ का वडाध्यक्ष हरिदेव खरेललगायतले नाराबाजी गरेको बताइन्छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here