जापान नजिक समुद्रमा जहाज डुबेपछि ६ चिनियाँसहित आठजनाको मृत्यु

१२ माघ, एजेन्सी । जापान नजिक समुद्रमा गइरहेको एक जहाज डुबेपछि ६ जना चिनियाँसहित आठजनाको मृत्यु भएको एक चिनियाँ कूटनीतिकर्मीेले बताएका छन् । 

जिन थ्यान जहाजमा चीन र म्यान्मारका कर्मचारीहरू थिए । उनीहरूले मंगलवार साँझ जापानको डान्जो टापुसमूह भन्दा ११० किलोमिटर पश्चिमबाट आफूहरू समस्यामा परेको संकेत पठाएका थिए । 

frontline

जहाजका कप्तानले स्याटेलाइट फोनमा दक्षिण कोरियाका तटरक्षकलाई आफू र अन्य कर्मचारीले बुधवार बिहान डुब्दै गरेको जहाज छोड्ने बताएका थिए । 

जापानको तटरक्षक र सेनाले १३ जना कर्मचारीलाई उद्धार गरेको थियो । 

तीनवटा निजी जहाजले पनि पाँचजना कर्मचारीलाई उद्धार गरेको जापानको तटरक्षक बलले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here