जापानमा रेल चालकले तलब ५६ येन घटाएपछि रोजगारदातामाथि मुद्दा


२५ कार्तिक, जापान । जापानका रेल चालकले आफ्नो तलब ५६ येन (४९ सेन्ट) घटाएर दिएको भन्दै रोजगारदातामाथि मुद्दा हालेका छन्।

केही समय रेल ढिलाइ भएको विषयलाई लिएर रोजगारदाता रेल कम्पनी जेआर वेस्टले तलब काटिदिएको थियो। गत जुन महिनामा कम्पनीको रेल एक मिनेट ढिलाइ भएको थियो। 

frontline

कम्पनीले रेलमा ढिलाइ हुनबाट रोक्न कर्मचारीले सहयोग नगरेको बताएको छ। कर्मचारीले २२ लाख येन (करिब १९ हजार डलर) बराबरको राहतको दाबी गर्दै मुद्दा दायर गरिएको छ।

रेल चालकले आफूलाई यो घटनाले परेको मानसिक असरको कारण आफूलाई उक्त क्षतिपूर्ति चाहिने बताएका छन्।

अनुसन्धानको क्रममा रेल चालकको कमजोरीको कारण रेल एक मिनेट ढिलाइ भएको खुलेको थियो। यद्यपि चालकले भने आफ्नो तलबको कटौती स्वीकार गरेनन्। 

कम्पनीले भने काम नगरेको अवस्थामा तलब नदिइने बताएको छ। अहिले यो मुद्दा ओकायामा जिल्ला अदालतमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here