जसपा अध्यक्षद्धय ठाकुर र यादवबिच वार्ता जारी

फ्रन्टलाइन राजनीति । जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच संवाद आज भइरहेको छ । पार्टी कार्यालय बालकुमारीमा दुई अध्यक्षबीच भेट भइरहेको जसपा श्रोतले जानकारी गराएको छ ।

वार्ता पार्टीमा विकसित पछिल्लो घटनाक्रममा केन्द्रीत रहेको बताइएको छ ।
प्रधानमन्त्री चयनको विषयलाई लिएर जसपामा दुई धार देखिएको छ। पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई सहयोग गरेका थिए। ठाकुर र महतोकै कारणले ओलीको निरन्तरता सम्भव भएको हो।

frontline

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव ओलीलाई विस्थापित गर्ने पक्षमा थिए। यहि विषयले विवादको रुप लिँदा अहिले जसपा विभाजनको संघारमा पुगेको विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here