जलेश्वर कारागारका ३२ कैदीबन्दी सम्मानित

१७ असोज, महोत्तरी । जलेश्वर कारागारका ३२ कैदीबन्दीलाई सम्मान गरिएको छ। जेलर रामचन्द्र साहले उनीहरुलाई सम्मान गरिएको हो।

जेलर साहले दिएको जानकारी अनुसार सम्मान पाउनेमा ६० वर्ष उमेर पूरा भएका २७ जना कैदी र सरसफाई तथा आन्तरिक सुरक्षामा रहेका ५ कैदीबन्दी रहेका छन्।

frontline

कारागारभित्र राम्रो आचरण देखाएका उनीहरुलाई विजया दशमी, दिपावली तथा छठ पर्वको अवसर पारेर उनीहरुलाई सम्मान गरिएको जेलर साहले जानकारी दिए।

कारागारभित्र विभिन्न मुद्दामा सजाय भोगिरहेका तथा पुर्पक्षको लागि थुनामा रहेका कैदीहरुलाई फलफुल लगायतका पौष्टिक आहारसहित गमछा ओढाएर सम्मान गरिएको हो। कैदीबन्दीसँगै जलेश्वर कारागार सुरक्षामा खटेका सुरक्षाकर्मीलाई समेत सम्मान गरिएको जलेश्वर कारागारले जनाएको छ।

पछिल्लो समयमा कारागारभित्र हरेक मंगलबार भजनसँगै अहिले ९ दिवसीय रामनाम संकिर्तन नवाहसमेत सञ्चालनमा रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here