जलेश्वरबाट हराएका बालकको शव पोखरीमा भेटियो

जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरबाट हराएका एक बालकको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको छ ।

जलेश्वर नगरपालिका-४ सुँगा बस्ने लक्ष्मी महतोका ४ वर्षीय छोरा आयुष घरदेखि ५ सय मिटर पूर्वरहेको पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

frontline

आइतबार साँझ ५ बजेदेखि हराएका बालक पोखरीमा डुबेको अवस्थामा भेटिएपछि उपचारका लागि जलेश्वर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको महोत्तरीका प्रहरी प्रवक्ता एव डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here