जलस्रोत विधेयकबाट सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्योः भीम रावल

 समाचार सारांश

  • डा. भीम रावलले सरकारले विदेशी सेनालाई नेपाल आउने बाटो खोलिरहेको आरोप लगाएका छन्।
  • उनले विदेशीलाई विद्युत उत्पादन गर्न दिने कानुन बनाएको र सुरक्षाको जिम्मा सरकारले लिनुले सेना आउने बाटो खुलेको बताए।
  • रावलले नागरिकता विधेयक र प्रधानमन्त्री ओलीप्रति पनि आपत्ति जनाए।

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले जलस्रोत विधेयकबाट विदेशी सेना नेपाल आउने बाटो सरकारले खोलिरहेको आरोप लगाएका छन् । 

frontline


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले नेपाली नदीनालाबाट विद्युत उत्पादन गर्न विदेशीलाई दिने कानून बनाएको र सरकारले त्यसको सुरक्षा आफैँ गर्नु भन्ने कानून पारित गरेको भन्दै त्यसले विदेशी सेनालाई नेपाल भित्रिने बाटो खुलाएको आरोप लगाए  ।

रावलले विदेशी सेना आएपछि नेपालीलाई अब राम्रोसँग खान र बस्न नदिने बताए । नागरिकता विधेयकमा अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था राखिएको भन्दै आपत्ति जनाए । वंशजको नागरिकता भन्ने तर पिताको नाम र ठेगाना नै नचाहिने भएपछि कसरी वंशजको नागरिकता भयो ? भन्दै उनले प्रश्न गरे । 

पूर्वउपप्रधानमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भएका छोराछोरी खाडी पठाउने अनि छोराछोरी जन्माओ भन्ने ? भन्दै प्रश्न समेत गरे । 

#डा.भीम रावल #भीम रावल #नागरिकता विधेयक

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here