जर्मनीस्थित एक विद्यालयमा छुरा आक्रमणबाट १४ वर्षीया बालिकाको मृत्यु

२० मंसिर, बर्लिन ।  दक्षिण जर्मनीस्थित एउटा विद्यालयमा छुरा आक्रमणबाट १४ वर्षीया एक बालिकाको ज्यान गएको छ । अर्की १३ वर्षिया छात्रा गम्भीर घाइते भएकी छन् ।

प्रहरीका अनुसार सोमबार बिहान लेर्किचबर्ग गाउँको एउटा शरणार्थी शिविरबाट आएका एक पुरुषले विद्यार्थीहरूमाथि जथाभाबी छुरा चलाउँदा घटना घटेको हो । 

frontline

आक्रमणबाट घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।

जर्मन प्रहरीले इरिट्रियाबाट आएका तथा जर्मनीमा शरण लिन खोजिरहेका ती पुरुषलाई गिरफ्तार गरिएको बताएको छ । अर्की गम्भीर घाइते बालिकाको अवस्था खतरा बाहिर रहेको बताइएको छ ।

छुरा प्रहार गरेपछि शरणार्थी शिविरतर्फ भागेको उनलाई प्रहरीले छुरासहित पक्राउ गरेको हो । आफैँ पनि छुराबाट गम्भीर चोट बोकेका उनलाई अस्पतालमा लगिएको छ ।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै घटनालाई लिएर विदेशी वा शरणार्थी बन्न खोजिरहेका मानिहरूप्रति दुराग्रह नराख्न आह्वान गरेको छ ।

तर कट्टर दक्षिणपन्थी एफडीले प्राथमिक विद्यालयका बालबालिकालाई रक्षा गर्नु नसक्नुको दोष जर्मनीको आप्रवास नीतिलाई दिइसकेको छ । 

बीबीसीबाट । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here