जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने

बर्लिन, २३ असोज (रासस÷सिन्ह्वा) ः जर्मनीका विद्यालयहरु अव चाडै नै सामान्य अवस्थामा फर्किने भएका छन् ।

देशभरका सवै विद्यालयहरुमा अब पूर्ववत अवस्थामा झै अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।

frontline

कोरोनाभाइरसको डेल्टा भेरिएन्ट फैलिएपनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले शुक्रबार बताउनुभयो ।

“कोरोनाभाइरसको महामारी र अध्ययन अध्यापन कार्यका बीचमा तालमेल मिलाएर लैजानुपर्ने भएको छ, लामो समयसम्म यस्तै अवस्था गराइरहन सकिदैन,” उहाँले भन्नुभयो ।

उहाँले विद्यार्थीहरूको कोरोना परीक्षण पनि तीव्र र निरन्तर रुपमा भइरहेको पनि जानकारी दिनुभयो । देशमै पहिलो पटक सरल्याण्ड प्रदेशका विद्यालयहरुमा गत हप्ता नै प्रतिवन्धात्मक व्यवस्थाहरु खुकुलो बनाइएको छ ।

त्यसैगरी बाभारीया र बर्लिनमा पनि मास्क लगाउनुपर्ने लगायतका केही मापदण्ड पालना गरी अन्य कुरामा सजिलो बनाइएको छ ।

जर्मनीमा अहिले दैनिक औसतमा ३०० का दरले कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरूले जनाएका छन् । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here