‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’

काठमाडौँ । राप्रपाले काठमाडौँ महानगरपालिकाले गराएको जरिबाना नतिर्ने भएको छ । पार्टीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राप्रपा र राजसंस्थाप्रति वक्रदृष्टि लगाएको आरोप समेत लगाएको छ । 

पार्टी प्रवक्ता मोहन श्रेष्ठले महानगरले पार्टीलाई १ लाख जरिबाना गर्ने निर्णय गरेपनि त्यो नतिर्ने बताए । उनले आइतबार पूर्वाराजा ज्ञानेन्द्र शाहको स्वागतमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टी सिंगो सहभागी भएको तर त्यहाँ राप्रपाको झण्डा नभएको बताए ।

frontline

‘जरिवाना पूर्वाग्रही हो । राप्रपालाई लक्षित गरेर पत्र काटिनु भनेको यो राजसंस्था र राप्रपाप्रतिको बालेनको वक्रदृष्टि हो’, उनले सोमबार बिहान रातोपाटीलाई भने, ‘यो पूर्वाग्रही सोच हो । राप्रपाले जरिबाना तिर्दैन ।’

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा आइतबार राप्रपासहितका राजावादीहरू स्वागतका लागि विमानस्थल क्षेत्रमा पुगेका थिए । पूर्वराजालाई स्वागत गर्ने क्रममा एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रमा फोहोर गरेको भन्दै महानगरपालिकाले राप्रपालाई १ लाख जरिबाना गर्ने निर्णय गरेको थियो । 

‘….फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम  एक लाख रुपैयाँ जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ’ नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरद्वारा हस्ताक्षरित जरिबानापत्रमा भनिएको थियो । 

यसअघि राजधानीको दरबारमार्गमा एमालेले कार्यक्रम गर्दा समेत महानगरले जरिबानाको निर्णय गरेको थियो । तर, एमालेले उक्त जरिवाना एमालेले तिर्न अस्वीकार गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here