जयपृथ्वी नगरपालिकाले प्रदान गर्ने एमबिबिएस छात्रवृत्ति जनेन्द्र महरलाई दिने निर्णय

२० साउन, काठमाडौं । जयपृथ्वी नगरपालिकाले प्रदान गर्ने एमबिबिएस छात्रवृत्तिमा वडा ७ छयालाका जनेन्द्र महरलाई दिने निर्णय गरिएको छ ।

स्थानीय तहको निर्वाचनको बेला आफ्नो चुनावी नारा बनाएका नगर प्रमुख चेतराज बजालले नगरपालिकाबाट एमबिबिएस पढ्न चाहने नगरपालिकाभित्रका १ जनालाई प्रत्येक वर्ष छात्रवृत्ति दिने घोषणा गरेका थिए ।

frontline

सो निर्णयपछि नगरपालिकाले एक हप्ताको आवेदन खुल्ला गरेको थियो । जसमा परिवारको आर्थिक अवस्था नाजुक भएका जनेन्द्र महरलाई यस वर्ष एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति दिन लागिएको हो ।

शुक्रबार बसेको छनोट समितिको बैठकले महरलाई छनोट गरेको नगरप्रमुख बजालले बताए । जनेन्द्र महरका बुबा खन्टे महर दिल्लीमा चौकीदारको काम गर्ने गर्दछन् ।

विपन्न वर्गका विद्यार्थीलाई डाक्टर बनाएर स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन नगरपालिकाले लगानी गर्ने उनले बताए ।

छात्रवृत्ति पाउनेहरूका लागि कक्षा ६ देखि कक्षा १० सम्म नगरपालिका सरकारी माध्यमिक विद्यालयमा पढेको हुनुपर्ने, १२ कक्षामा आइएसी विषय लिई नेपाल भरको जुनसकै विद्यालयबाट भए पनि पास गरेको हुनुपर्ने र जयपृथ्वी नगरपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने मापदण्ड तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here